प्रतिवर्ष दश हजार बेरोजगारलाई रोजगारी दिने महत्वाकांक्षी निर्णयसहित मुख्यमन्त्री शर्माले गरे पदभार ग्रहण
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अत्यन्त महत्वाकांक्षी निर्णय गर्दै आज पदभार ग्रहण गरेका छन् । उनले गरेको पहिलो निर्णयमा कर्णालीका बेरोजगार युवाको समस्या समाधान गर्न कम्तिमा एक वर्षमा दश हजार रोजगार रोजगार सिर्जना गर्ने उल्लेख छ ।
‘कर्णाली विकटतामा भनिएको छ । कर्णाली भित्र गरिवी छ । त्यसकारण हामीले दुइओटा अभिभारा पुरा गर्नुछ । पहिलो खुसि प्राप्त गर्नुछ, दोश्रो सुखी प्राप्त गर्नुछ । सुखि हाम्रो आर्थिक सम्पन्नता, खुशी हाम्रो सामाजिक न्यायसँग जोडिएको छ । त्यसकारण आर्थिक रुपमा सम्पन्नता र सामाजीक न्याय पुरा गर्नुछ । यो दुइ ओटा अभिभारा पुरा गर्नका निम्ति हामीले हाम्रो पहिलो शत्रु गरिवी देखिराखेका छौं । र यो गरिवी घटाउनका निम्ति कर्णालीमा रोजगारसँगै स्वरोजगार जोडन चाहन्छौं । त्यसका लागि हामीले समृद्धिको अभियान थाल्दैछौं ।’
उनले भने, ‘कर्णाली समृद्धिको अभियान अन्र्तगत प्रतिवर्ष कम्तिमा दश हजार बेरोजगारहरुलाई रोजगार प्रदान गर्न त्यसको निम्ति एउटा, कार्यविधी, नीति र बजेट तर्जुमा गरेर अगाडी बढने निर्णय गरिएको छ ।’
पहिलोप्रेस
२८ पुष २०७९, बिहीबार १७:३९