Loading... आजः ३ पुष २०८१, बुधबार

मुख्यमन्त्री कार्यालयका कर्मचारीले पहिलो दिनमै नयाँ मुख्यमन्त्रीलाई दश मिनेट कुराएपछि…

फोटो क्याप्सनः मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय कर्णाली प्रदेशका कर्मचारी आउन ढिलाई भएपछि पत्रकारको आग्रहमा तस्वीर खिचाउँदै नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरु ।

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा, विना विभागिय मन्त्री विनोद कुमार शाह र मंगल शाही प्रदेश प्रमुख तिलक परियारबाट सपथ ग्रहण गरेर मुख्यमन्त्री कार्यालयमा पुगे ।

कार्यालयका प्रमुख सचिवलगायतका कर्मचारीहरुले उनलाई भव्यताका साथ स्वागत गरे । फुलमाला लगाए ।

त्यसलगत्तै मुख्यमन्त्री पिएसओ, मन्त्री तथा पत्रकारसहित कार्यकक्षमा पुगे । उनि कार्यकक्षमा पुगेको झण्डै दश मिनेट पछि मात्रै प्रमुख सचिव डा. गोपीकृष्ण खनाल लगातका कर्मचारीहरु कार्यकक्षमा फाइल बोकेर आइपुगे ।

त्यतिन्जेलसम्म मुख्यमन्त्री तथा मन्त्रीहरु उभिइरहे । किनकी पदभार ग्रहण नगर्दासम्म मुख्यमन्त्री शर्माले कुर्सिमा बस्ने कुरा भएन । त्यहाँ उपस्थिक पत्रकारहरु आपसमा कानेखुशी समेत गर्न थाले ।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुव वुढाथोकी प्रमुख सचिवको खोज खबरी गर्न थाले । उता पत्रकार भने पहिलो दिनमै ढिलासुस्ती गरिनु राम्रो नभएको भन्दै प्रतिक्रिया जनाइरहे ।

पदभार ग्रहण गर्न ढिाई भएपछि मुख्यमन्त्री र मन्त्रीहरुलाई सँगै उभिन पत्रकारले आग्रह गरे । पत्रकारको उक्त आग्रहपछि मुख्यमन्त्रीसहित तीनै जना लाइनमा उभिए ।

यद्यपी कार्यालयका एक कर्मचारीले भने फाईल बनाउनै ढिला भएकाले थोरै समय लागेको भन्दै यसलाई अन्यथा लिन नहुने प्रतिक्रिया दिए ।


सम्बन्धित समाचार