Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली प्रदेशको सभामुखमा एमालेका गुरुङ विजयी, रचिन ईतिहास

सुर्खेत ।
कर्णाली प्रदेश सभाको सभामुख पदका लागि आज भएको मत विभाजनमा नेकपा एमालेका नन्दा गुरुङ निर्वाचित भएकी छिन् । उनको यो जीत सँगै नेपालका सातै प्रादेशिक सभामुखमा पहिलो महिला सभामुख बनेको ईतिहास समेत उनी रच्न सफल भएकी हुन ।

कुल ४० जना सांसद मध्ये ३८ जनाले मतविभाजनमा सहभागिता जनाएका थिए । एमाले संसदीय दलका नेता यामलाल कंडेलले पेश गरेको प्रस्तावको पक्षमा २४ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा १४ मत मात्रै परेको थियो । प्रदेश सभा हल भित्रै रहेका स्वतन्त्र सांसद देवेन्द्र शाहीले भने कसैलाई पनि मत दिएनन् ।

उक्त मत परिणाम अनुसार ज्येष्ठ सदस्य हिक्मत बहादुर विष्टले उनी विजयी भएको घोषणा गरेका थिए ।

 

 


सम्बन्धित समाचार