अहिलेको राजनीति समीकरणले कर्णालीको विकास र समृद्धिमा कुनै किसिमको समस्या आउँदैन् : उपसभापति खड्का
सुर्खेत ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिवद्वता कार्यान्वयतर्फ आफू लागिरहेको बताएका छन् । उपसभापति खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका चुनावीसभाहरूमा आफूसहित तत्कालीन गठबन्धनका तर्फबाट गरिएका प्रतिवद्वताहरू कार्यान्वयन हुने बताए ।
उपसभापति खड्काले चुनावी अभियानका क्रममा गरिएका प्रतिवद्वताप्रती प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिवद्व रहेको बताए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका आमसभाहरूमा विकासका दृष्टिले पछाडि परेको कर्णालीलाई अन्य प्रदेशमा बजेट धेरै छुट्याउने, कर्णालीको तिब्रतर विकास गरेर देशकै समृद्ध र विकसित प्रदेश बनाउने प्रस्ताव मैले राखेको थिएँ, त्यसमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति जनाउनु भएको थियो,’ आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘चुनावका बेला कर्णालीका मतदातासँग गरिएका प्रतिवद्वताप्रती प्रधानमन्त्री प्रचण्ड अहिले पनि प्रतिवद्व हुनुहुन्छ ।’
उपसभापति खड्काले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई दिने क्रममा आफूले कर्णालीका मतदातासँग गरिएका बाचाको स्मरण गराएको सुनाए । ‘कर्णालीमा आयोजित चुनावी कार्यक्रममा गरिएका प्रतिवद्वताप्रति प्रती पूर्ण प्रतिवद्व छु,’ प्रचण्डसँग भएको कुराकानीबारे मतदातासँग जानकारी गराउँदै उपसभापति खड्काले भने, ‘अहिलेको राजनीति समीकरणले कर्णालीको विकास र समृद्धिमा कुनै किसिमको समस्या आउँदैन् ।’
उपसभापति खड्काले चुनावका बेला गरिएका प्रतिवद्वता अनुसार कामहरू सुरू गरिएको जानकारी पनि दिए । ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर निर्माणको काम अघि बढेको छ, रामघाटमा विमानस्थलको काम पनि सुरू भएको छ,’ उपसभापति खड्काले भने, ‘प्रादेशिक सरूवा रोग अस्पताल, मदन भण्डारी राजमार्ग, १३२ केभीको विद्युत प्रसारण लाइनसँगै अधुरा विकास योजनाले गति लिन थालेका छन् ।’
पहिलोप्रेस
२ माघ २०७९, सोमबार ०७:५१