गाउँघरमा लैंङ्गिक हिंसा देख्दा बाल्यकालमै त्यसलाई सुधार्न राजनीतिमा होमिएँः सांसद लामा
सुर्खेत ।
जुम्कित लामा कर्णाली प्रदेश सभा सदस्यको रुपमा आएकी छिन् । विकट हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका–३ तोर्पा गाउँमा २०४० जेठ २५ गते जन्मिेएकी जुम्कित तीन भाई बहिनीमा कान्छी हुन ।
आर्थिक रुपमा मध्यम वर्गीय परिवारमा जन्मिएकी लामा कक्षा नौमा अध्ययन गर्दा गर्दै तत्कालिन नेकपाा ओवादीले सुरु गरेको जनयुद्धमा होमिएकी हुन ।
उनि वरगाउँमा रहेको रलिंग माध्यमिक विद्यालयमा नौ कक्षामा अध्ययन गर्दै २०५८ साल साउन १६ गते भूमिगत भईन ।
उसो त उनको राजनीतिक यात्रा २०५६ मा सुरु भएको हो । त्यतिबेला विद्यालयमा अखिल क्रान्तीकारीको संगठन विस्तार हुने समयमा उनि उक्त संगठनको सदस्य बनेकी र्थिन ।
‘पिछडिएको हुम्ला, जनजाती, महिला भएको हैसियले त्यो समाज भित्रको लैंगिक विभेद र जातीय विभेद बढि हुन्थ्यो । हरेक घर जसोमा लैंङ्गिक हिंसाले समस्या पारिरहेको हुन्थ्यो ।’ बाल्यकाल स्मरण गर्दै उनि भन्छिन्, ‘उक्त समयमा महिलाले समाजमा होस या घरमा होस बढि हेपिनु पर्ने अवस्था थियो । त्यो अवस्थालाई समाप्त पार्नुपर्छ । महिला, पिछडिएको समाजको हक अधिकार कायम गर्नपर्छ र समाजमा रहेका यस्ता सबैखाले विभेद हटाउने सपना देखेर म जनयुद्धमा होमिएको हो ।’
समाजमा विवाह गरेपछि घरेलु हिंसा बढदै गएको आफूले देख्दा मन कटक्क खाने गरेको उनको भनाई थियो । ‘समाजमा विहे गरेर श्रीमती घरमा ल्याएपछि जाँड खाएर कुटपिट गर्ने गरेको धेरैं देखें त्यसले मलाई पोल्यो ।’ उनि भन्छिन्, ‘धेरै दलका नेताहरुले राज्य सत्ता चलाए, महिलाको जनजाती, दलित, पिछडिएको जनताको लागि आवाज उठाएनन्, उठाएपनि कार्यान्वयन गरेका थिएनन् । जब माओवादी पार्टी जन्मियो, संगठित गर्दै गर्दा उहाँहरुको सिद्धान्त, आस्था मन परेको थियो । त्यहि आधारमा जनयुद्धमा म होमिएको हो । एकाकार भएर म लागेको हो ।’
उनले दुई वर्ष हिमालय जनसांस्कृतिक कलाकारमा विताईन । उनलाई नृत्य गर्न आउँथ्यो । हारमोनियम बजाउने, मादल बजाउने, अलिकति गित पनि उनले रच्ने गरेकी थिईन ।
त्यसपछि २०५९ सालमा पार्टीको सक्रिय सदस्य बनेकी लामा मुक्ति मोर्चाको जिल्ला कमिटि सदस्य भईन ।
२०६० सालमा पार्टी एरिया कमिटि सदस्य, अनेमसंघ क्रान्तीकारीको जिल्ला कमिटि सदस्य भईन ।
२०६३ मा पार्टी जिल्ला कमिटि सदस्य तथा लामा मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनिन् ।
उतिबेला उनि अनेमसंघको जिल्ला कमिटि सदस्य पनि थिईन । त्यतिबेला एक जनाले तीन देखि चार ओटा सम्म जिम्मेवारी निभाउनुपथ्र्यो ।
वैद्य र प्रचण्डविच पार्टी विभाजन हुँदा अनेमसंघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेकी लामा २०६८ सालमा पार्टी जल्ला कमिटि सदस्य अनेमसंघको केन्द्रीय सदस्यको भूमिकामा कार्यरत भईन ।
२०६९ मा पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति अनेमसंघ केन्द्रीय सचिवालय सदस्य बनेकी लामा २०७४ सालमा नेकपाकालिन समयमा प्रदेश कमिटि सदस्यको भूमिकामा आईन ।
२०७८ मंसिर २५ र २६ गतेको माओवादीको प्रदेश अधिबेशनमा प्रदेश कमिटि सदस्यमा निर्वाचित भएकी लामा हाल पार्टीको प्रदेश कमिटि सदस्य तथा अनेमसंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा पार्टीमा कार्यरत छिन् ।हाल उनि समानुपातिक कोटाबाट प्रदेश सभा सदस्यको रुपमा उनि कर्णाली प्रदेश सभामा प्रवेश गरेकी छिन् ।
भूमिगत समयमै अर्थात हुम्ला जिल्लाको सर्केगाड २ रिप गाउँमा २०६२ भदौताका चन्द्रसिंह कार्कीसँग विवाह गरेकी लामाका श्रीमान हाल पालिका उपाध्यक्ष छन् भने पार्टी कमिटिका अध्यक्ष समेत छन् ।
उनका एक छोरा सांगेनुर्पु कार्की पनि छन् ।
‘एकपटकको कुरा हो । म रातभरी जंगलमा सुतेको थिएँ । मेरो घरबाट नजिकै सदरमुकाम भएका कारण तत्कालिन शाही नेपाली सेना जतिसुकै बेला पनि गाउँमा पस्न सक्ने खतरा थियो । रातभरि सेना नआएपछि विहान म घरमा गएँ । घरमा गएपश्चात चिया खान थालेको थिएँ । सो समयमा सेनाले घर घेरा हालिसकेछ । धन्न त्यहाँबाट भागेर ज्यान जोगाएँ ।’ उनि स्मरण गर्दै भन्छिन्, ‘यस्ता घटना धेरै भए । म सेनामा गईन । राजनीतिक कार्यकर्ता भएका कारण धेरै भीडन्तमा त म परेन तर सेनाको घेरमा बारम्बार परेर जोगिएँ ।’
उनी कक्षा आठमा पढदै गर्दा एक रात प्रहरीको हिरासतमा बसेको बताउँछिन् ।
‘म कक्षा आठमा पढदै गरेको अवस्थामा म लगायत सबै विद्यार्थीलाई सुना र प्रहरीले सिमिकोटमा लगेको थियो । हामी त्यहाँ एक रात एक दिन जेलमा बसेका थियौं ।’ उनि भन्छिन् ।
जनताले आफूलाई सांसद बनाएको बताउँदै यो कार्यकाल दलित, महिला, पिछडिएका वर्ग, जनजातीका पक्षमा काम गरेर विताउने उनको सपना छ । ‘मुख्य कुरा जनताले जनप्रतिनिधि बनाएर मलाई यहाँ पुर्याएको छ । जजातीको हितको निम्ति हिजो बनाइएको नियम कानूनलाई कार्यान्वयन गर्न लागि पर्छु ।’ उनि भन्छिन्, ‘समाजमा जनताको हत हुने खालका नीति, योजना, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास गर्ने कार्या योगदान दिन्छु ।’ उनले हुम्लामा अहिलेसम्म सडक पुगेको नपुगेको बताउँदै त्यसकालागि पहल गर्ने, विद्युत जोडन पहल गर्ने योजना सुनाईन ।
अहिलेपनि हुम्लामा गर्भवती महिलाहरु अकालमा ज्यान गुमाउन बाध्य भएको बताउँदै हरेक पालिकामा अल्ट्रासाउण्ड सुविधा सहितको उचित स्वास्थ्य संस्था बनाउन लागिपर्ने बताउँछिन् ।
पहिलोप्रेस
२ माघ २०७९, सोमबार ११:३९