Loading... आजः ४ पुष २०८१, बिहीबार

पोखरामा विमान दुर्घटनामा परेकाको शोक मनाउन आज कर्णाली प्रदेश सभा वैठक स्थगित

भोली मंगलबार वैठक बस्ने

सुर्खेत ।
शनिबार पोखरमा भएको यति एअरको विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको भन्दै शोक मनाउन आज बस्ने कर्णाली प्रदेश सभाको वैठक स्थगित भएको छ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीद्धारा हस्तारक्षित विज्ञप्तीमा आज स्थगित भएको वैठक भोली मंगलबार बस्ने भएको छ ।

‘मिति २०७९ साल माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यती एयरको एटिआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मिति २०७९ साल माघ २ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी तोकिएको सभाको बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७९ साल माघ ३ गते मंगलवार दिनको १ः०० बजे बस्ने गरी स्थगित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’

विज्ञप्तीमा भनिएको छ ।


सम्बन्धित समाचार