उपसभामुखमा न्यौपाने र शाही भिडदै, न्यौपानेको जीत निश्चित
सुर्खेत ।
कर्णाली प्रदेश सभाको उपसभामुख पदका लागि कालिकोटकी यशोदा न्यौपाने र दैलेखकी इन्द्रा कुमारी शाही भिडने भएका छन् । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रहेकी न्यौपानेको प्रस्तावकमा प्रदेश उपाध्यक्ष कृष्ण जिसी छन भने सर्मथकमा नेकपा एमालेका विनोद कुमार शाह रहेका छन् ।
यस्तै, नेपाली काँग्रेसबाट उपसभामुखमा उम्मेदवार दिएकी शाहीको प्रस्तावकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रस्तावक छन भने सर्मथकमा काँग्रेस केन्द्रीय सदस्य जानकी सिंह रहेकी छिन् ।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार दुई जनाको मात्रै आज उपसभामुखमा उम्मेदवारी परेको हो ।
कर्णाली प्रदेश सभामा एमाले र माओवादीको साझा उम्मेदवारका रुपमा यशोदाले उम्मेदवारी दिएपछि उनको जीत करिब निश्चित देखिएको हो । सदनमा एमालेका १० र माओवादीका १३ सांसद छन् ।
एक राप्रपाले पनि यसअघि समर्थन दिइरहेका कारण २४ जना सांसद न्यौपानेको पक्षमा हुनेछन् ।
पहिलोप्रेस
४ माघ २०७९, बुधबार १०:००