Loading... आजः ४ पुष २०८१, बिहीबार

उपसभामुखमा उम्मेदवारी दिएकी काँग्रेस नेतृ शाहीको प्रस्ताव बहुमतले अस्वीकृत

सुर्खेत ।
कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली काँग्रेसकी नेतृ इन्द्रा कुमारी शाही पराजित भएकी छिन् ।

४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ सांसदहरु सहभागि भएका थिए ।

ती सांसदमध्ये उनको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मत सँगै सभामुख नन्दा गुरुङ्गले उनको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन ।

उनि निर्वाचित हुनका लागि संसद संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।


सम्बन्धित समाचार