कर्णाली सरकार विस्तारः आज मन्त्रालयको भागवण्डा टुंग्याईदै
सुर्खेत ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री राज कुमार शर्माले आज मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेका छन् ।
नेकपा एमालेका प्रदेश इन्चार्ज यामलाल कंडेल, नेकपा माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुबीच आज हुने छलफलले कुन मन्त्रालय कुन दललाई दिने भन्ने निर्णय गर्न लागेका हुन ।
‘एमाले र माओवादीबीच भएको सहमति अनुसार उर्जा तथा सिंचाई मन्त्रालय खारेज भइसकेको छ ।’ विनाविभागिय मन्त्री मंगल शाहीले भने, ‘आज कुन मन्त्रालय कसले जिम्मा लिने भन्ने कुराको निकर्यौल हुन्छ । मन्त्रीपरिषद विस्तारमा अब धेरै ढिलाई नगर्ने गरि अघि बढने सहमति दुई दलबीच भइसकेको छ ।’
सोमबार दुई दलबीच भएको सहमतिका कारण सकेसम्म आजै मन्त्रालयको टुंगो लगाउने र आजै मन्त्री नियुक्त गर्ने गरि तयारी सुरु भएको हो ।
पहिलोप्रेस
१० माघ २०७९, मंगलवार ०९:३१