Loading... आजः ४ पुष २०८१, बिहीबार

नेपालगन्जमा रहेका प्रहरी निकाय कर्णाली प्रदेशमा ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री जिसि

नेपालगन्जमा रहेका कार्यालयको अनुगमन सम्पन्न

बाके ।
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीले (जितेन्द्र) ले नेपालगन्जमा रहेका कर्णाली प्रदेशका प्रहरी कार्यालयहरुको अनुगमन गरेका छन् ।

मन्त्री जीसीले सोमबार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सघीय प्रहरी ईकाई कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गरेका हुन् ।

निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री जीसीले प्रहरी अधिकारीहरुलाई संविधानको दायरामा रहेर नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए ।

प्रदेश सरकारले जनताको सुरक्षाका लागि कर्णाली प्रदेश भरि विशेष सुरक्षा योजना बनाउन थालेको जानकारी दिए । अनुगमनका क्रममा नेपालगन्जमा रहेका प्रहरी कार्यालयहरुलाई स्थान्तारण गर्ने तयारी भैरहेको बताए ।

यसै आर्थिक वर्षमा नेपालगन्जमा रहेका कर्णालीका सबै प्रहरीका कार्यालयहरु सार्ने योजनामा रहेको मन्त्री जिसीको भनाई थियो ।

मन्त्रीसगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिम प्रसाद ढकालले पनि प्रदेश स्तरिय सुरक्षा योजना बनाउने र सोही योजना अनुरुप प्रदेश बाहिर रहेका प्रहरीका सबै निकाय कर्णालीमा ल्याउने बताए ।


सम्बन्धित समाचार