कर्णालीबाट माओवादीका पदाधिकारी तथा केन्द्रीय समितिमा ८६ जना पर्दा दैलेखका चार जना वैकल्पिकमा
सुर्खेत ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट पदाधिकारी, स्थायी कमिटि, केन्द्रीय कमिटि र वैकल्पिक केन्द्रीय कमिटिमा पर्नेहरुको नाम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका दश जिल्लाबाट पार्टी केन्द्रमा पर्नेहरुको संख्या जम्मा ८६ जना रहेको छ ।
८६ जनामध्ये दैलेख जिल्लाबाट केन्द्रीय समिति सदस्य, स्थायी कमिटि सदस्य तथा पार्टी पदाधिकारीमा कोही पनि पर्न सकेका छैनन् ।
दैलेखबाट चार जना वैकल्पिक केन्द्रीय सदस्यमा भने पर्न सफल भएका छन् । वैकल्पिक केन्द्रीय सदस्यमा दैलेखका प्रेम कटुवाल, योगेन्द्र शाही, कृष्ण बहादुर गुरुंग र उपेन्द्रकुमार रावत परेका हुन । कटुवाल निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधित्व गर्छन भने शाही, गुरुङ र रावत निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधित्व गर्छन ।
कर्णालीबाट पदाधिकारीमा उपमहासचिवमा जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन भने दुई जना स्थायी सदस्यमा कालीबहादुर मल्ल र सत्या पहाडी परेकी छिन् ।
हेर्नुहोस सूचि..
पहिलोप्रेस
२६ माघ २०७९, बिहीबार ११:४५