सोमवार कर्णालीमा सार्वजनिक विदा
सुर्खेत ।
कर्णाली प्रदेशका दश ओटा जिल्लामा भोली फागुन एक गते सोमवार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकार र स्थानीय सरकार मातहतका कार्यालयमा सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।
अहिलेको संघीयता आउनु, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक प्रतिनिधित्वको अवसर सिर्जना हुनु र संविधानसभाबाट संविधान निर्माण हुनुमा जनयुद्धको मुख्य भूमिका रहेको बताउँदै कर्णाली प्रदेश सरकारले प्रदेश भर विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी जितेन्द्रले जानकारी दिए ।
पहिलोप्रेस
२९ माघ २०७९, आईतवार १३:५९