माओवादीको प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का नियुक्त
सुर्खेत ।
नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशको प्रमुख सचेतकमा रणसिंह परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् ।
कर्णालीका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले प्रमुख सचेतक तथा सचेतकको टुंगो नलगाएको समयमा माओवादी संसदीय दलका नेता एवम मुख्यमन्त्री राज कुमार शर्माले दुवै पदमा नियुक्ति दिएका हुन ।
हुम्लाबाट प्रतिनिधित्व गर्ने परियार मन्त्री पदका तीव्र आकांक्षी थिए ।
पहिलोप्रेस
११ फाल्गुन २०७९, बिहीबार ०७:२४