Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली अविकासको प्रमुख कारण टुक्रे योजनाः मन्त्री शाही

सुर्खेत ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगल शाहीले कर्णालीको विकासको पहिलो खुटकिलो भौतिक पूर्वाधारको विकास रहेको बताएका छन् ।

शनिबार जुम्लामा प्रेस सेन्टर नेपाल जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री शाहीले प्रदेश सरकारको पहिलो प्राथमितका पनि पूर्वाधार विकास नै भएको बताएका हुन ।

‘विशेष गरी माथिल्लो कर्णालीको विकासका लागि मन्त्रालयले विकासे कामलाई गति दिएर काम गरेको छ । कर्णाली राजमार्गको थप स्तरउन्नति गर्नेका लागि प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय गरिरहेको छ ।’ उनले भने, ‘कर्णालीका सडक निर्माणलाई बजेट समेत विनियोजित गरि प्रदेशका दशवटै पुर्वाधार विकास कार्यालयबाट काम भइरहेको छ ।’

उनले टुक्रे योजनाका कारण कर्णालीको विकास हुन नसकेको बताए । नेताको पावरले बजेट विनियोजन गर्ने परम्परालाई अन्त्य गरेर बजेटलाई आम नागरिकको पहुँचमा पु¥याईने मन्त्री शाहीले जनाए ।

‘कर्णालीका पत्रकारका लागि प्रदेश सरकारले वीमा गर्ने लगायतका कार्य गरिसकेको छ । ’ राज्यमन्त्री उर्मिला विश्वकर्माले भनिन्, ‘पत्रकारले आफ्नो धर्म र कर्तव्य निर्वाह गरि तथ्यमा आधारित समाचार संकलन गर्दै प्रसारण गरे आम जनमानसमा राम्रो सन्देश जाने भएकोले सहि र सत्य समाचार उठान गर्न आवश्यक छ ।’

 


सम्बन्धित समाचार