सुर्खेत आइपुगेका झलनाथसँग प्रश्नः राष्ट्रपतिमा अस्वीकृत हुनुभएको हो ?
सुर्खेत ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विगत एक दशक देखि आफ्नो नाम राष्ट्रपतिको रुपमा चर्चा हुने गरेपनि आफूले त्यो पद पाउन मरिहत्ते नगरेको बताएका छन् ।
नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न सुर्खेत आइपुगेका नेता खनालले आफू सत्ताका लागि ¥याल चुहाउने र नेताको ढोका चाहर्ने भित्र हिजो पनि नपरेको र भोली पनि नपर्ने बताए ।
उनले नेपालमा वर्तमान सत्ता गठबन्धनले तात्विक परिवर्तन गर्न नसक्ने पतिक्रिया दिए ।
‘हिजो पनि एक खालको गठबन्धन थियो, आज फेरिदैंछ । नेपालको संसद त्रिशंकु भएका कारण यस्ता गठबन्धन कति बन्छन भन्ने कुरा अहिल्यै भन्न सकिदैन ।’ उनले भने, ‘सत्ता मोह भएका दलहरु यसरी नै लागिरहन्छन् ।’
नेता खनालले नेपालमा वामपन्थी शक्ति एक ठाउँमा आउनुपर्नेमा जोड दिए । ‘वामपन्थी एकै ठाउँमा आएको खण्डमा करिब बहुमत पुग्छ र त्यसले देशको केहि भलो गर्छ ।’ उनले भने, ‘वामपन्थीदलहरु भएको भए पार्टी एकता हुनसक्थ्यो अरु नै पन्थी भएका कारण यस्तो अवस्था आएको हो ।’
उनले वामपन्थीवीचमा एकता अनिवार्य भएको बताउँदै नीति, विचार, लक्ष्य मिल्ने दलहरुसँग कार्यगत एकता देखि पार्टी एकतासम्म गर्न सकिने बताए ।
नेता खनालले पार्टी अध्इक्ष माधव कुमार नेपालसँग केविप ओलीको चार घण्टा भेट भएको बताउँदै उनलाई ओलीले राष्ट्रपतिमा प्रस्ताव भने नगरेको बताए ।
यस्तै उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कसलाई भोट दिने भन्ने बारेमा दलले आधिकारिक निर्णय गर्ने भन्दै त्यसका लागि अझै १२ दिन बाँकी रहेको जनाए । यद्यपी अध्यक्ष नेपाल प्रस्तावक बसेको बारेमा भने उनले आफू वंगलादेशबाट हिजो मात्रै आएको बताउँदै त्यसबारेमा जानकारी नभएको बताए ।
पहिलोप्रेस
१४ फाल्गुन २०७९, आईतवार १२:१५