Loading... आजः ४ पुष २०८१, बिहीबार

पार्टीको विधी मिच्ने गाउँ पसेका भन्दै सजग रहन कार्यकर्तालाई एमाले नेता शर्माको आव्हान

सुर्खेत ।
नेकपा एमालेले अहिले ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ । हरेक गाउँ वस्तीमा पुगिरहेको एमाले नेतृत्व तथा कार्यकर्ता मध्ये केहि व्यक्ति पार्टीको विधी पद्धती मिचेर आफूलाई सर्वाधिकार सम्पन्न ठान्नेहरु गाउँ पसेको भन्दै प्रदेश सभा निर्वाचनमा पराजित भएका एमाले नेता डण्डी प्रसाद शर्माले सामाजिक सञ्जालमा कडाा टिप्पणी लेखेका छन् ।

उनले पार्टीको बिधि बिधान र पध्द्ती मिचेर आफुलाई सर्वाधिकार बनाउने योजनाकार गाउँ बस्तीमा सहजकर्ताकोरुपमा ग्रासरुट मिसन अभियानमा आएकोले बताउँदै सबै कार्यकर्तालाई सजग रहन र सहि तथ्यांकमा आधिारित रहेर अघि बढन आव्हान गरेका हुन ।

‘पार्टीको बिधि बिधान र पध्द्ती मिचेर आफुलाई सर्वाधिकार बनाउने योजनाकार गाउँ बस्तीमा सहजकर्ताकोरुपमा ग्रासरुट मिसन अभियानमा आएकोले सबै कामरेडहरु सजक भै तथ्य तथ्यांक सहित प्रस्तुत हुन पार्टीको महाअभियानलाई सफलता पुर्बक सप्पन्न गर्नहुन विशेष अनुरोध छ ।’ उनले भनेका छन् ।


सम्बन्धित समाचार