Loading... आजः २५ फाल्गुन २०८१, आईतवार

घोषणापत्र दियौं पैंसा दिन नसक्दा कम स्थानमा जित्यौंः सचिव सुवाल


सुर्खेत ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम प्रतिनिधि सभा सदस्य प्रेम सुवालले स्थानीय र संघको चुनावमा आफ्नो दलले पैसा दिन नसक्दा हार व्यहोरेको प्रतिक्रिया दिएका छन् ।

नेमकिपा सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले जनतालाई घोषणा पत्र मात्रै दिएको बताएका हुन ।

‘अन्य पुंजीवादी पार्टीहरुले पुंजीवादीबाटै पैसा लिएर एक निर्वाचन क्षेत्रमा १५ देखि २० करोड बाँडेका छन् । हाम्रा कामदार कार्यकर्ताले आफ्नै घरबाट खाना खाएर मत मागे । हामीलाई आएको मत मजदुर वर्गका रगतको मत हो ।’

उनले भने, ‘जेल हाल्नुपर्ने मन्त्री प्रधानमन्त्रीलाई अब सिंहदरबार प्रवेशमा रोक लगाउनुपर्ने दिन आइसकेको छ । देशघात गर्ने, गठबन्धनका नाममा देशलाई अधोगतितर्फ लैजाने शाशकको विरुद्धमा हामीले जनताको पक्षमा आवाज उठाउँदै आएका छौं । सच्चा देशभक्त मजदुर वर्ग एक हुनुको विकल्प छैन ।’


सम्बन्धित समाचार