Loading... आजः ४ पुष २०८१, बिहीबार

काँग्रेस कर्णालीको सुर्खेत बाहिर दैलेखमा आज वैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

सुर्खेत ।
नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिको वैठक आज दैलेख स्थित पार्टी कार्यालयमा बस्ने भएको छ । सुर्खेतमा बस्दै आइरहेको पार्टीको वैठक आज भ्याली बाहिर अर्थात दैलेखमा बस्न लागेको प्रवक्ता दमन शाहीले जानकारी दिए ।

उनका अनुसार वैठकमा कर्णाली प्रदेशको समसामयिक राजनीतिक अवस्था, दैलेखको विकास र समृद्धिका लागि पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा वैठकले आवश्यक निर्णय गर्ने भएको हो ।
केन्द्रमा भएको सत्ता समिकिरण फेरबदलसँगै काँग्रेसको यो वैठकमा यसबारेमा पनि कुरा उठने बताइएको छ ।

हाल काँग्रेस कर्णालीमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको छ भने केन्द्रमा सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा एमाले र माओवादी केन्द्रको समिकरण कायम छ ।


सम्बन्धित समाचार