Loading... आजः ४ पुष २०८१, बिहीबार

विभिन्न खेलमा पदक पाउने खेलाडीलाई कर्णाली प्रदेश सरकारले दियो प्रोत्साहन रकम

खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्री पछाईको अपेक्षा

सुर्खेत ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गरेर विभिन्न प्रतियोगितामा पदक पाउने कर्णालीका खेलाडीलाई नगद पुरस्कारसहित कर्णाली सरकारले आज पुरस्कृत गरेको छ ।

सिक्किम नेपाल स्ट्रेन्थ लिफ्टिङ खेलमा स्वर्ण पाएकी सुर्खेतकी खगिसरा घर्तिलाई आज एक कार्यक्रमका बिच दुई लाख नगद पुरस्कार प्रदान गरिएको कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए ।

यस्तै, पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता १८ जनालाई पनि प्रोत्साहन रकम प्रदान गरिएको छ ।
उत्तः प्रतियोगितामा स्वर्ण पदक विजेता दिपक हमाल र दुर्गबहादुर बुढाले दुइ लाखका दरले प्रोत्साहन रकम पाएका छन भने रजत पदक प्राप्त गर्ने चार जनाले साढे एक लाख रुपैंया प्राप्त गरेका छन् ।

यस्तै, कास्यपदक पाउने खेलाडीले जनही एक लाखका दरले रकम प्राप्त गरेका हुन ।
यस्तै, साफ महिला फुटबलतर्फ रजत प्राप्त गर्ने हुम्लाकी दिपा शाहीलाई सरकारले पचास हजार प्रदान गरेको छ ।

बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पाउने खेलाडीलाई बीस हजार, रजत पाउने खोडीलाई १५ हजार र कास्य पाउने खेलाडीलाई जनही दश हजार रकम दिइएको हो ।

प्रोत्साहन रकम वितरण समारोहलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडीका कारण कर्णाली चिनियोस भन्ने आफूहरुले चाहेको बताए ।

उनले खेल क्षेत्रले प्रदेशको नाम संसार भर चिनाउने बताउँदै प्रदेश सरकारको सानो प्रोत्साहन रकमले कर्णालीको खेल क्षेत्रमा लागेका युवाहरुमा नयाँ जोश र उत्साह थप्ने अपेक्षा समेत व्यक्त गरे ।


सम्बन्धित समाचार