चैत १७ गते मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएपछि राप्रपाले सर्मथन फिर्ता लिएकोले आगामी चैत १७ गते सम्भवतः दोश्रोपटक विश्वासको मत लिने भएका छन् ।
उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका ागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पहिलोप्रेसलाई बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो ।
मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।
कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागि छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला भन्ने चिन्ता र चासो बढन थालेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले २३ करोड बढि रकम आफू निकटकालाई मुख्यमन्त्रीलाई थाहै नदिएर बाँडिदिएपछि तनावमा आएका मुख्यमन्त्री शर्माले काँग्रेसबाट या एमाले कोबाट विश्वासको मत पाउँलान त्यो भने हेर्न बाँकी छ ।
पहिलोप्रेस
१५ चैत्र २०७९, बुधबार १६:२६