संगठन सुधारका लागि सुझाव माग्दै माओवादी, आज वृहत अन्तर्क्रिया कार्यक्रम

सुर्खेत ।
नेकपा माओवादी केन्द्रले आम कार्यकर्ताहरुसँग संगठन सुधारका लागि अवलम्वन गर्नुपर्ने नीति तथा कार्यक्रमका बारेमा सुझाव माग्न थालेको छ । वीरेन्द्रनगरमा रहेको होटल डि नम्स्तेमा आज सोही प्रयोजनाका लागि दिउसो १२ बजेबाट वृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटि अध्यक्ष विमला केसिले जानकारी दिईन ।
‘संगठन विभाग प्रमुख जनार्दन शर्मा आइसक्नु भएको छ । उहाँसहित थुप्रै नेताहरु अहिले सुर्खेतमा हुनुहुन्छ ।’
अध्यक्ष केसिले भनिन्, ‘पार्टी र संगठनलाई कसरी मजवुत बनाउने र आगामी दिनमा कस्तो रणनीति तयार गर्ने भन्ने बारेमा कर्णालीका सबै जन वर्गीय संगठनका प्रमुख तथा सचिव, पार्टी जिल्ला समन्वय समितिका पदाधिकारीहरु, प्रदेश कमिटिका पदाधिकारी एवम सदस्यहरु, जनप्रतिनिधि लगायतले वृहत अन्र्तक्रिया कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।’
अध्यक्ष केसिले कर्णालीको पार्टी सुदृढिकरणकालागि यो अन्र्तक्रिया कोसेढुङ्गा सावित हुने दाबी गरिन ।
‘यो अन्र्तक्रियाले पार्टीलाई गतिशिल त बनाउने नै छ ।’ उनी भन्छिन, ‘त्यसका अलावा पार्टीलाई थप जीवन्तता प्रदान गर्दै पहिलो पार्टी बनाउन कोसेढुङ्गा सावित हुनेछ ।’








पहिलोप्रेस
२३ चैत्र २०७९, बिहीबार ०८:२८