Loading... आजः १ कार्तिक २०८२, शनिबार

दैलेखमा शक्ति बढाउँदै माओवादी, काँग्रेस, नेकपा एस र एमालेका दर्जनबढि नेता कार्यकर्ता माओवादीमा प्रवेश

सुर्खेत ।
कर्णाली प्रदेशको दश जिल्ला मध्ये सबैभन्दा कमजोर संगठन रहेको दैलेखमा नेकपा मओवादी केन्द्रले तीव्र रुपमा शक्ति बढाउन थालेको छ । आज नेकपा माओवादी कर्णाली प्रदेशले आयोजना गरेको एक अन्र्तक्रिया कार्यक्रममा दैलेखबाटै नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा लगायतका दलहरुबाट माओवादीमा प्रवेश गर्नेको संख्या दर्जन बढि रहेको छ ।
केहि दिनअघि मात्रै दैलेखी कम्युनिष्ट आन्दोलनमा लामो समय होमिएका पूर्व एमाले नेताहरु गोपाल नेपाली र टेकबहादुर खाँड माओवादीमा प्रवेश गरेका थिए ।

आज वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट गएको चुनावमा जिल्ला समन्वय समिति दैलेखका प्रमुखका दावेदार, नेपाली काँग्रेस दैलेखका पूर्व सचिवसमेत रहेका प्रभावशाली नेता एवम स्व.पत्रकार डेकेन्द्र थापाका दाजु भेषबहादुर थापालाई नेकपा माओवादी संगठन विभाग प्रमुख जर्नादन शर्मा प्रभाकर, इन्चार्ज कालीबहादुर मल्ल, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसिलगायतले स्वागत समेत गरेका छन् ।

उनिसँगै दैलेखबाट झुपाराम लम्साल, दिपन्द्र श्रेष्ठ, मेघराज भण्डारी, मिनबहादुर कार्की, शेरमान सिंह, शेरबहादुर थापा, मिनबहादुर कार्की, गगन बहादुर थापा मगर, प्रवेश गरेका छन् ।

यस्तै, नवप्रवेश हुनेहरुमा राप्रपाका जिल्ला प्रवक्ता योगेन्द्र प्रसाद सिग्देल, नेपाली काँग्रेसका सागरसिंह ठकुरी, प्रेमबहादुर सार्की, नेकपा एस जिल्ला सचिवालय सदस्य हर्कबहादुर नेपाली, जिल्ला सदस्य रामु कुमार गुरुङ रहेका छन् ।

यस्तै, जाजरकोटबाट नेकपा एसका कर्णाली प्रदेश कमिटि सदस्य मिरा अधिकारी पनि नेकपा माओवादीमा समाहित भएकी छिन् ।

 


सम्बन्धित समाचार