Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कर्णालीका संस्थापक मुख्यमन्त्री शाहीको फेसबुक पेज ह्याक, पेज फिर्ताको प्रयास जारी

सुर्खेत ।
कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पेसबुक पेज ह्याकरले ह्याक गरेका छन् । उनको तत्कालिन नीजि सचिवालय अन्र्तगत एडमिन रहेको ‘सेक्रेटरियट अफ एक्स चिफ मिनिष्टर कर्णाली प्रोविन्स’ नामक पेज ह्याकरले ह्याक गरेर अनेकथरिका पोस्ट गर्न थालेको पाइएको हो ।

ह्याकरले संस्थापक मुख्यमन्त्री शाहीको उक्त पेज गएराती नौ बजे ह्याक गरेर दुई ओटा पोस्ट गरेको छ भने प्रोर्फाल तस्विरमा अर्धनग्न महिलाको तस्विर अपलोड गरेको छ ।

व्याक कभरमा पनि त्यस्तै तस्विर राखेको पाइएको हो ।

झण्डै ४७ हजार फ्लोअर्स रहेको उक्त पेज ह्याकरको हातमा पुगेपछि उक्त पेजलाई फिर्ता ल्याउन पहल हिजै सुरु भएको पूर्व मुख्यमन्त्री शाहीले पहिलोप्रेसलाई बताए ।

‘मैले यसबारेमा साईबर क्राईमलाई जानकारी दिइसकेको छु । फेसबुकलाई समेत जानकारी दिइसकेको छु ।’ उनले भने, ‘वितेको नौ घण्टाा भएका दुई ओटै पोस्ट मेरो सचिवालयले गरेको छैन । यसबाट भ्रममा नपर्न हुन म अनुरोध गर्दछु । साथै उक्त पेज फिर्ता ल्याउने प्रयास जारी राखेको छु ।’

उनले यसबाट पर्न गएको असुविधाबाट आम नागरिकसँग माफि समेत मागेका छन् ।


सम्बन्धित समाचार