Loading... आजः १२ माघ २०८१, शनिबार

सुर्खेतको जनमाविले अब बालविकास र कक्षा ६ मा मात्रै भर्ना लिने, वार्षिक साढे तीन सय विद्यार्थी घटाउँदै लैजाने

अब जनमावि पुरै निःशुल्क

सुर्खेत ।
कर्णाली प्रदेशको चर्चित सामूदायिक विद्यालय जन मावि वीरेन्द्रनगरले अब बालविकास र कक्षा ६ मा मात्रै भर्ना लिने भएको छ । यसअघि अन्य कक्षाहरुमा भर्ना लिइरहेको जनमाविले आर्थिक व्यवस्थापन अभाव हुने र दरवन्दी कम भएको बताउँदै उक्त निर्णय लिएको हो ।

विद्यालयले वालविकास देखि कक्षा १२ सम्म गत वर्ष २८०० विद्यार्थीलाई अध्यापन गराएकोमा यो वर्ष २३ सय विद्यार्थीले मात्रै अध्ययन गर्न पाएका छन् ।

यस्तै, यो वर्ष कक्षा आठ, नौ मा भर्ना नलिने भएका कारण त्सबाट थप ३६० जना विद्यार्थी घटने भएका हुन । यसको अर्थ विद्यालयले ६ ओटा शिक्षण घटाउने तयारी गरेको हो ।

विद्यालयमा कक्षा ११ र १२ मा हाल १०५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । यी विद्यार्थीलाई अध्यापन गराउन भनेर सरकारले विद्यालयलाई तीन ओटा मात्रै दरवन्दी दिएको छ ।

राज्यले लिएको नयाँ नीति अनुसार कक्षा ९ देखि १२ लाई मावि तह भनेर तोकिएपनि जनमाविमा कुल १५ जनाको मात्रै दरवन्दी रहेको छ । यो तहमा कक्षा ११ र १२ का विद्यार्थी संख्याको जोडदा १७०० विद्यार्थीहरु यो तहमा अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठका अनुसार कक्षा एक देखि १२ सम्मका लागि कुल दरवन्दी संख्या २९ रहेको छ । राज्यले तोकेको शिक्षक विद्यार्थी अनुपात अनुसार १३०५ जनालाई मात्रै अध्यापन गराउन सकिने जनशक्ति उपलब्ध छ । वाँकी ९९५ जना विद्यार्थीलाई अध्यापन गराउने कार्य भने थोरै अभिभावकबाट र विद्यालयले पाउने भाडाबाट व्यवस्थापन गर्दै आइएको उनको भनाई थियो ।

केहि दिन अघि उच्च अदालत सुर्खेतले दिएको आदेश अनुसार जनमाविले अब निःशुल्क रुपमा अध्यापन गराउने तयारी गरेको प्रअ श्रेष्ठले बताए ।

‘अब जनमावि पुरै निःशुल्क हुन्छ । यसअघि हामीले अभिभावकबाट वार्षिक रुपमा तीन देखि चार हजार रुपैंया सहयोग शुल्क भनेर लिँदै आएका थियौं । सुर्खेतमा सामूदायिक विद्याल क्षेत्रमा केहि गरौं भनेर हामी लागेका थियौं तर विविध कारणले गर्दा हामी विद्यार्थी भर्ना गर्ने र संख्या घटाउने कदम चाल्न बाध्य भयौं ।’

विद्यालये हाल सटर भाडाबाट वार्षिक रुपमा चालीस लाख रुपैंया उठाउँदै आएको छ भने विद्यालयमा हुने लोकसेवा आयोग तथा अन्य परिक्षाबाट वार्षिक १० लाख रुपैंया आम्दानी हुने गरेको प्रअ श्रेष्ठले बताए ।

‘चौकीदार राख्पर्ने भयो । लेखाका लागि कर्मचारी राख्नुपर्छ । सरसफाईकर्मी राख्नै प¥यो । कार्यालय सहयोगी चाहिए ।’ प्रअ श्रेष्ठले भने, ‘हामीसँग अहिले त्यस्ता कर्मचारीमात्रै २२ जना छन् । पार्टटाईम अध्यापन गराउने शिक्षक संख्या ४७ छ । उनिहरुको तलब सुविधा दिन यो पैसा पुग्दैन । अभाव छ ।’ उनले भने, ‘तर बजारमा धनि विद्यालय भनेर हल्ला चल्छ । यहाँ न नगरपालिकाले कुनै सहयोग गर्छ, न प्रदेश सरकार न त संघीय सरकारले नै सहयोग गर्छ । यस्तो अवस्थामा थप विद्यार्थी भर्ना गरेर जोखिम मोल्न नसक्ने हाम्रो निर्णय हो ।’

उनले विद्यालयले नराम्रो गरेको भए आलोचना गर्नुपर्नेमा राम्रो गर्दा गर्दै पनि सरोकारवाला निकायले दोष दिइरहेको भन्दै दुखेसो पोखे ।


सम्बन्धित समाचार