Loading... आजः ३ कार्तिक २०८२, सोमबार

कर्णाली राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समेटिने, भारतसँगको सीमा विवाद सल्लाहमै अन्त्य गरिने

केन्द्रकै गठबन्धन अनुसार कर्णालीमा सरकार बन्छः उपप्रधानमन्त्री खड्का

सुर्खेत ।
कर्णाली प्रदेशबाट पहिलोपटक संघीय सरकारमा उपप्रधानमन्त्री एवम रक्षामन्त्रीको भूमिका पाएका नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेटने बताएका छन् ।

पार्टीको क्षेत्रीय अधिवेशन उदघाटन गर्न वीरेन्द्रनगर आएका उपप्रधानमन्त्री खड्काले चुनावमा आफू र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पारिने बताएका हुन ।

उनले कर्णाली प्रदेश सरकार केन्द्रकै गठबन्धन अनुसार बनाइने बताउँदै चाँडै सरकारका बारेमा आवश्यक निर्णय हुने बताए ।

‘चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको हो । हाम्रो मुलुकको भूभाग यो हो भनेर नक्सा पारित गरेका छौं । त्यो समस्याको समाधान दुइपक्षिय कुटनीतिक वार्ताद्धारा त्यसको सभाधानको प्रक्रिया अगाडी बढछ ।’ सिमा विवाद बारे उनले भने, ‘त्यसलाई अन्य ढंगबाट समाधान गर्ने बाटोतिर अघि बढयौं भने हामी अप्ठेरोमा पर्ने बाटोमा जान्छौं । यो कुरा उत्तेजनामा, आवेगमा समाधान गर्ने विषय होईन । यो धैर्यवान भएर, इृहिासको पाठ सिक्दै, विश्वासको वातावरण बनाएर यस्ता समस्याको समाधान गर्नुपर्छ । यो रक्षा मन्त्रालयले गर्ने कुरा मात्रै होइन । नेपालको भूभागको रक्षा गर्ने कुरामा नेपाली सेना प्रतिबद्ध छ ।’

उनले पुस १० गतेको गठबन्धन अप्राकृतिका भएको प्रतिक्रिया दिए ।

‘द्धन्द्धबाट पीडितको मुक्तिका लागि भएपनि यही प्राकृतिक गठबन्धन उपयुक्त हो,’ उनले थपे,‘ हामी त्यही उद्देश्यसहित अघि बढ्ने छौँ ।’ सरकारसँग अवसर र चुनौती दुबै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पुर्णता पाउने बताए ।

साथै उनले अब कर्णालीको विकासका लागि केन्द्रमाबाट प्रयाप्त बजेट पाउने समेत उल्लेख गरे । आज जुन खालको प्रदेशको अवस्था छ अब त्यसलाई रुपान्तरण गर्नेगरि अघि बढ्ने संकल्पमा आफु अग्रसर हुने पनि खड्काले प्रतिबद्धता जनाए ।

मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको र कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताउँदै यो सरकारले त्यसबाट मुक्ति दिलाउन आवश्यक नीति, कार्यक्रम र बजेट ल्याई कार्यान्वयन गर्ने बताए ।

उपप्रधानमन्त्री खड्काले जनताको शिर झुक्नेगरि आफुले काम नगर्ने बताए ।


सम्बन्धित समाचार