Loading... आजः ४ पुष २०८१, बिहीबार

वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता नआएको कर्णालीका मुख्यमन्त्री शर्माको गुनासो


सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा संघीयता आएको भएपनि वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आउन नसकेको बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजना गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले अहिलेपनि कर्मचारी तथा वैंक र वित्तीय संस्थामा केन्द्रले केन्द्रिकृत मानसिकता लादिरहेको गुनासो गरेका हुन ।

‘अहिलेसम्म राजनैतिक संघीयता आएको छ । राजनैतिक संघियतालाई अब बित्तीय र प्रशासनिक रुपमा कार्यान्वयन गर्नु आबस्यक छ ।’ उनले भने, ‘कर्मचारीले आफ्नो सेवा सुबिधा अनुसार र जिम्म्ेवारी अनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटोछरितो, गुणस्तरीय र प्रभाबकारी बनाउन लाग्नुपर्छ ।’

उनले सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि संघसंगठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

‘म कर्णाली प्रदेश सरकारमा जनताको कामदारको रुपमा रहेको छु । राजनैतिक परिबर्तन अनुसार जनताको अवस्था बदल्न सबै लागि पर्नुपर्ने अवस्था छ । अब जनता तिर फर्केर विधेयक ल्याइनेछ । जनताको आवश्यकता अनुसार, कर्णालीवासीले अपनत्व लिने गरि नीति लिइनेछ, कानून निर्माण गरिनेछ ।’ उनले भने ।

 


सम्बन्धित समाचार