देश माओवादीको एजेन्डामा अघि बढिरहेको छः इन्चार्ज मल्ल
सुर्खेत ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले देश माओवादीको एजेण्डामा अघि वढिरहेको बताएका छन् ।
‘अहिले देश हाम्रो एजेन्डामा अघि बढिरहेको छ । माओवादी नेतृत्वमा प्राप्त राजनैतिक उपलब्धिलाई संस्थागत गर्नुपर्ने दायित्व छ । अहिले देश माओवादी आन्दोलनवाट प्राप्त उपलब्ध राजनैतिक एजेण्डा कार्यान्वयनमा छ ।’
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशनलाई उद्घाटन गर्दे इन्चार्ज मल्लले राज्यका विभिन्न निकायमा रहेका कर्मचारीमा राजनैतिक चेतना हुुन जरुरी भएपनि जनतालाई छिटोछरितो, भरपर्दो र गुणस्तरीय सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, माओवादीका यूवा नेता रामदिप आचार्य, संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापा लगातयतले शुभकामना मन्तब्य राखेका थिए ।
यसैविच प्रथम अधिवेशनले तारा प्रसाद रिजालको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कार्य समिति चयन भएको छ । जसको उपाध्यक्ष दुर्गा प्रसाद आचार्य, ऋषिराम केसी, जय बहादुर थापा, अमृत प्रसाद न्यौपाने रहेका छन् । यस्तै सचिवमा भरत बहादुर राना, सह सचिवमा रामलाल देवकोटा, कोषाध्यक्षमा लक्ष्मी सिंह र सह कोषाध्यक्ष हरिनी नेपाली चयन भएका छन् ।
सदस्यमा रूतु सोनी, सुमन बस्नेत, थलराज डिसी, वीर वहादुर डाँगी, लक्ष्मण कुमार वली, ठगेन्द्र घर्ती, शेर बहादुर बस्नेत, अभिभारा शाही, हेमन्त रावल, निलम सज्याल, कर्ण प्रसाद बराल, पंखराज संज्याल, विरेन्द्र शाही, रेनुका चलाउने, प्रयागराज जैसी, चन्द्र सुनार, तुलसि शाही, वेद प्रसाद सज्याल, सन्देश चन्द, लक्ष्मी रावल, जीवन पुन, हिरा पुन र निलम संज्याल चयन भएका हुन ।
‘जनताको स्वास्थ्य सुरक्षा, हाम्रो प्रतिवद्वता, सम्पूर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको एक्यवद्धता’ भन्ने नाराका साथ सम्पन्न कर्णाली प्रदेश प्रथम अधिवेशनले समसामयिक स्वास्थ्य क्षेत्रका प्रस्ताव पारित गरेको छ ।
पहिलोप्रेस
२६ चैत्र २०७९, आईतवार ०९:२५