Loading... आजः ४ पुष २०८१, बिहीबार

एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने

सम्भवतः वैशाख चार गते मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिने


सुर्खेत ।
कर्णाली प्रदेश सरकारलाई माघ ६ गते र चैत १७ गते दुई पटक मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको सर्मथन आज नेकपा एमालेले फिर्ता लिने भएको छ ।

मुख्यमन्त्री शर्मा सामू हिजो आइतबार साँझ पाँच बजे आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।

केन्द्रमा भएको सत्ता गठबन्धन परिवर्तनसँगै कर्णालीमा समेत त्यसको धक्का पुगेको हो । सोही धक्का अनुसार आगामी एक साता भित्र नेपाली काँग्रेस सरकारमा सहभागि हुने निश्चित भएसँगै नेकपा एमाले संसदीय दलको अनौपचारिक बैठकले उक्त निर्णय गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले पहिलोप्रेसलाई जानकारी दिए ।
हामी अहिले अनौपचारिक छलफलमा छौं । केन्द्रमा भएको निर्णय अनुसार हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, उनले भने ।

यसैबीच, नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिने भएपछि आगामी वैशाख चार गते नै मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने सम्भावना देखिएको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएसँगै कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य हुने सम्भावना बढेको हो ।

 


सम्बन्धित समाचार