नेपाल शिक्षक संघको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी, केन्द्रमा संस्थापन पक्ष नै भारी
सुर्खेत ।
नेपाली काँग्रेस निकटको नेपाल शिक्षक संघको आसन्न नवौं महाधिवेशनकालागि कर्णालीको भूगोलतर्फबाट उपाध्यक्षमा जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतका प्रधानाध्यापक याम श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
२०५० साल देखि नै संगठनमा जोडिएका प्रअ श्रेष्ठ यसअघिको अधिवेशनमा पनि उपाध्यक्षमा नै चुनाव लडेका थिए ।
कूल ६०६ मतदाता रहेको महाधिवेशनमा उनले केन्द्रीय अध्यक्षका उम्मेदवार गोकर्ण समूहबाट उम्मेदवारी दिन लागेका हुन ।
उनिसहित संस्थापन पक्षबाट महिला उपमहासचिवमा दुर्गा शाक्य, कर्णाली उपमहासचिवमा कालीबहादुर शाहीले उम्मेदवारी दिने भएका हुन ।
देशैभरमा संस्थापन समूह बलियो भएकै कारण तीनै जनाको जीत करिब निश्चित नै हुने काँगेस कार्यकर्ताहरुको भनाई छ ।
पहिलोप्रेस
३० चैत्र २०७९, बिहीबार ०७:५७