Loading... आजः ४ पुष २०८१, बिहीबार

दैलेख आगलागीमा परेका भैरवको उपचारको क्रममा मृत्यू

सुर्खेत ।
दैलेखको आठबीस नगरपालिका वडा नं। ६ राँता निवासी भैरव विश्वकर्माको भेरी अस्पताल नेपालगन्जमा गयराती उपचारको क्रममा निधन भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत माल्यापडा सामूदायिक बनमा पैदल मार्ग निर्माण गर्दैगर्दा वनमा लागेको आगोले उनिलगायत १२ जनालाई घेरेको थियो ।

आगोले घेरेपछि भागेर ओडारमा प्रवेश गरेका केहि मजदुरलाई समेत आगोको झोंकाले जलाएको थियो भने चारैतिरबाट आगोमा परेका भैरवको भने करिब शतप्रतिशत शरिर नै जलेको थियो ।

चौध वर्ष मुनिका दुई छोरा र दुई छोरीका पिता भैरव लगायत आठ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्जमा रहेको भेरि अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर उनको भने गयराती नै निधन हुन पुगेको छ ।

घटनामा परेर उनकी भाउजु बसुन्धरा विक समेत जलेकी छिन् ।

 


सम्बन्धित समाचार