Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा नेता कार्यकर्ताहरुकालागि योजना माग्ने ‘महोत्सव’ सुरु

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम निर्माण गर्न लागेको समयमा नेता तथा कार्यकर्ताकालागि योजना माग गर्ने महात्सव सुरु हुन थालेको छ ।

विगतमा सुकिला मुकिलालाई योजना माग गरेकै भरमा नदिने भनेर सरकारका मन्त्रीहरुले भन्दै आएपनि सुकिला मुकिलाहरुले अर्बौंका योजना हत्याउने गरेका थिए ।

यसपटक पनि नयाँ बजेटको तयारी गर्न सरकारले गृहकार्य गरिरहेको समय पारेर गाउँ बस्तीबाट नेता कार्यकर्ता योजनाको लिस्ट बोकेर मन्त्रीहरुको निवासमा धाउन थालेका हुन ।

मन्त्रीहरुका स्वकीयहरुलाई नेता कार्यकर्ताले दिएका फाईलहरु बुझ्नै हम्मे हम्मे परेको छ भने योजना माग्न आएका कार्यकर्तालाई ‘चिया’ खुवाउन समेत कार्यालय सहयोगीलाई झन्झट बढदै गएको छ ।

‘विहान साढे छ बजे देखि नै मन्त्री ज्यूको कार्यकक्षमा कार्यकर्ताहरु भरिसकेका हुन्छन् । उहाँहरुलाई बाहिरै राखेर पालो लगाउनुपर्ने बाध्यता आइलागेको छ ।’ एक मन्त्रीका स्वकीय सचिव गुनासो गर्छन, ‘नेता कार्यकर्ताहरुको फाईल बुझ्न बाहेक अन्य काम गर्न सकिने अवस्था देखिएन ।’
कर्णाली प्रदेश सरकार गठन भइसकेपछि नेता कार्यकर्तालाई बजेट वितरण गर्ने गरेको आरोप सुरु देखि नै लाग्दै आइरहेको छ । त्यसरी विनियोजित बजेट कार्यान्वयन हुन नसेकेका समाचार बारम्बार मिडियामा आउने गरेका छन् ।

अर्का मन्त्रीका स्वकीय सचिवका अनुसार अधिकांश आयोजना माग गर्नेहरुले पदमार्ग वा तटबन्धनमा लाखौं रकम विनियोजन गर्न माग गरेका छन् ।

 


सम्बन्धित समाचार