Loading... आजः ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगरका भित्री सडक ‘चिटिक्क’ बनाउँदै निर्देशनालय

जेव्राक्रस प्रयोग गर्न सिकाउँदै ट्राफिक प्रहरी

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय अन्र्तगत पूर्वाधार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकामा निर्माण समप्न्न भएका सडहकहरुलाई चिटिक्क बनाउन थालेको छ ।

संघीय सरकार मातहत रहेका सडकहरुमा लाईन, जेव्राक्रसहरु मेटिईसक्दा पनि निर्माणमा ध्यान दिएको पाइएको छैन तर प्रदेश सरकारले निर्माण गरेका सडकमा भने जेव्राक्रस राख्ने देखि मेन्डरिङ्ग वोर्ड राख्ने सम्मका काम धमाधम भइरहेका छन् ।

बसपार्क देखि इत्राम, शिवालय चोक, घण्टाघर, जिल्ला प्रशासन कार्यालय अगाडी लगायत निर्माण सम्पन्न भइसकेका सडकहरुमा रंगरोगन गर्ने कार्य तीव्र गतिमा पूर्वाधार विकास निर्देशनालयले जारी राखेको हो ।

पूर्वाधार निर्देशक रामशरण आचार्यका अनुसार हालसम्म वीरेन्द्रनगरमा निर्माण सम्पन्न भइसकेका ५७ सय मिटर सडकमा लाईन तान्ने काम सम्पन्न भइसकेको हो ।

निर्देशनालयले सडकमा जेव्राक्रस राखेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले पैदल यात्रीलाई बाटो कटाउन जेव्राक्रसको प्रयोग गर्नुपर्ने सिकाउन थालेको छ ।

‘हामीले सडकलाई आकर्षक बनाउन मात्रै नभई सकेसम्म सडक दुर्घटना नहोस भनेर सडकमा लाईन तान्ने काम गरेका छौं ।’ निर्देशक आचार्यले भने, ‘त्यसकालागि हामीले कन्टीन्जेन्सी बजेटबाट प्राप्त रकम मध्ये १२ लाख रुपैंया खर्च गरिसकेका छौं ।’


सम्बन्धित समाचार