‘फ्लोरक्रसवाला घमण्डी मन्त्री ज्वाला’ मन्त्री भएसी कार्यकर्ता भूल्दै
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला उर्फ बुढाथोकी हाल संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री छन ।
उनले चालु आर्थिक वर्षमा सल्यान केन्द्रीत बाहेक अन्यत्र बजेट विनियोजन गर्न चाहेनन् ।
राजनीतिमा राजनीतिक अपराध मानिने फ्लोर क्रस गरेका ज्वाला अहिले नेता कार्यकर्ताको फोनसमेत उठाउदैनन ।
अहिले काठमाण्डौंमा हजारौं कर्णालीवासी भएपनि उनको वास्ता भने अर्कै देखिएको छ ।
‘मतदाताको त उहाँले फोन उठाउँदैनन भने तपाइको कसरी उठछ ?’ सल्यानकै एक मतदाताले भने, ‘मन्त्री हुन्जेलको फुर्तिफार्ती हो । मन्त्री गए खुट्टैमा ढोग गर्न आउलान नि, त्यतिबेला हेरुँला ।’
उसो त समाचार लेखकले यो विषयमा समाचार लेख्दै गर्दा मन्त्री ज्वालालाई बारम्बार सम्पर्क गरेपनि उनको फोन उठेन ।
पहिलोप्रेस
१६ श्रावण २०८०, मंगलवार २१:२४