Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रयोगशालाले सेवा बन्द गरेपछि तातियो भूमि मन्त्रालय

केन्द्रले बजेट व्यवस्था नगरे प्रदेशले चलाउने

सुर्खेत ।
वीरेन्द्रनगरमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले प्रवाह गर्दै आएका सबै प्रकारका सेवाहरु बन्द गरेपछि प्रदेश सरकार तातिन थालेको छ । संघ सरकारको मातहतमा रहेको प्रयोगशालाका लागि चालू आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेट नछुट्याएपछि सेवाहरु बन्द गरेको प्रयोगशालाले एक विज्ञप्ती जारी गरेर सेवा प्रवाह बन्द गरेको जनाएको थियो ।

सोमबार पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचना अन्योलताका कारण यस पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतका लागि कुनै पनि शीर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति २०८० साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । साथै सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय परिवार क्षमाप्रार्थी छौं ।’

यता, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सकेसम्म केन्द्रले बजेट दिनुपर्ने बताए । ‘यो प्रयोगशाला अत्यावश्यक छ । यसका लागि केन्द्रले बजेटदिनुपर्छ ।’ उनले पहिलाप्रेससँग भने, ‘नभए उक्त संरचना हामीलाई केन्द्र सरकारले हस्तान्तरण गरोस, हामी सञ्चालन गर्न समर्थ छौं ।’

उनले यसबारेमा समन्वय परिषदमा कुरा उठाउने बताए ।

‘हाम्रो समन्वय परिषदको वैठक बस्दैछ । त्यहाँ यसबारेमा कुरा उठाउँछौं ।’ उनले भने ।


सम्बन्धित समाचार