प्राकृतिक जोखिम दुर्घटना वीमाबाट पाए १८१ जना पीडित परिवारले क्षतिपुर्ति
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले वितेको तीन वर्षमा प्राकृतिक दुर्घटना वीमा अन्र्तगत १८१ जनालाई वीमा वापत १८१ जनालाई रकम हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारको तीन वर्षको उत्कृष्ट कार्यको रुपमा रहेको यो कार्यक्रमबाट प्राकृतिक दुर्घटना भएको खण्डमा हरेक मृतकको परिवारले दुई लाखको दरमा रकम प्राप्त गरिरहेका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा सुरु भएको वीमा कार्यक्रमबाट उक्त वर्ष ५९ जनाले लाभ लिएको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ५८ जनाले लाभ लिएकोमा गत आर्थिक वर्ष २०७९÷८०मा ६४ जनाले लाभ लिएका हुन ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा हालसम्म जनाले वीमा वापत रकम पाएका छन् ।
‘हामीले १७ लाख जनताको दुर्घटना वीमा गरेका छौं । यो वीमाले हरेक पीडित परिवारका सदस्यहरुको पीडमा मल्हम लगाउने काम गरेको छ ।’ मन्त्री जिसिले भने, ‘आगामी वर्षमा घरको वीमा गर्ने देखि अन्य वीमाका कार्यक्रमहरु पनि हामीले लागु गर्छौं ।’
पहिलोप्रेस
१७ श्रावण २०८०, बुधबार १०:३२