वीरेन्द्रनगरमा फैलियो आँखा पाक्ने रोग, अधिकांश नीजि विद्यालय आइतबारसम्म बन्द
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आँखा पाक्ने रोख ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ फैलिएपछि वीरेन्द्रनगरमा सञ्चालित अधिकांश विद्यालयहरु आइतबारसम्मका लागि बन्द भएका छन् ।
वीरेन्द्रनगरको टेम्पोपार्कमा रहेको पब्लिक एकेडेमी सेकेण्डरी स्कुलका प्रिन्सिपल दिपेन्द्रप्रसाद खनालका अनुसार विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने रोग फैलिएका कारण यसलाई विद्यालयले महामारीका रुपमा विश्लेषण गरेर आइतबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
‘विद्यालयमा शिक्षक एवम विद्यार्थीहरु आँखा पाक्ने रोगबाट ग्रसित हुनथाले । कोभिड महामारी भन्दा पनि यो खतरनाक देखिएकाले हामी यो निर्णय गर्न बाध्य भएका हौं ।’ उनले भने, ‘यो विदालाई हामी दशैं विदाबाट कट्टी हुनेगरि मिलान गर्छौं । सबैभन्दा ठूलो कुरा विद्यार्थी र शिक्षकको स्वास्थ्य हो ।’
यता, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीले पनि नगरपालिकाले विदा नदिएका कारण हामीले विदा दिनुपरेको बताए ।
‘खासमा नगरशिक्षा समितिले यो महामारी विरुद्ध यस्तो निर्णय लिनुपथ्र्यो ।’ पहिलोप्रेससँग कुरा गर्दे उनले भने, ‘नगरले निर्णय नगरेपनि हामीले विद्यार्थी र शिक्षकको स्वास्थ्य अवस्था हेरेर विदा दिने निर्णय गरेका हौं ।’
उनले तीव्र रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण हाल विद्यालयमा शिक्षक र विद्यार्थी पचास पतिशत मात्रै उपस्थित हुने गरेको बताए ।
पहिलोप्रेस
२४ श्रावण २०८०, बुधबार ०८:५९