Loading... आजः ४ पुष २०८१, बिहीबार

संघीय शिक्षा विधेयकविरुद्ध कर्णालीका नीजि विद्यालयको आन्दोलन सुरु

माग सम्वोधन नभए २८ गतेदेखि विद्यालय अनिश्चितकालका लागि बन्द

सुर्खेत ।
सरकारले संघीय शिक्षा ऐन ल्याउन मन्त्री परिषदबाट पारित गरेको शिक्षा विधेयकका विरुद्धमा कर्णालीका नीजि विद्यालयहरु आन्दोलित भएका छन् ।

प्याब्सन र एनप्याब्सनमा आवद्ध नीजि विद्यालयहरु ‘मुनाफा’ कमाउन नपाईने विधेयक सरकारले ल्याएको बताउँदै त्यसलाई सुधार नगरे विद्यालय बन्द गर्नेसम्मका आन्दोलन गर्ने तयारीमा लागेका हुन ।

प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीका अनुसार आजबाट आन्दोलन सुरु हुन लागेको हो ।

‘आज हामी पालिका, जिल्ला र प्रदेशमा विधेयक संशोधन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउँदैछौं ।’ उनी भन्छन्, ‘भोली २५ गते वीरेन्द्रनगर उपत्यकामा मस्यौदाको विरोध गर्ने, २६ गते पत्रकार र सांसदहरुसँग अन्र्तक्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने, २८ गतेबाट सम्पूर्ण नीजि विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने र भदौ एक गते स्कुल बसहरु सार्वजनिक स्थानमा खडा गर्ने तयारीमा हामी छौं ।’

उनले सरकारले ल्याएको एकपक्षीय विधेयक आफूहरुलाई मान्य नहुने बताए ।

 


सम्बन्धित समाचार