Loading... आजः ४ पुष २०८१, बिहीबार

शीत भण्डार निर्माण कार्यमा बढी भुक्तानी दिएको भन्दै अख्तियारद्वारा सचिव भारीसहित १६ जना विरुद्ध मुद्दा दायर

सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष विरुद्ध पनि मुद्दा दर्ता

सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको शीत भण्डार निर्मण कार्यमा वास्तविक कार्य भन्दा बढि रकम भुक्तानी दिएको भन्दै तत्कालिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीसहित  १६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

कर्णाली कोल्डचेन लजिष्टिक प्रालि सुर्खेतलाई ९२ लाख ४३ हजार २९८ रुपैंया विगो बराबरको रकम हानी नोक्सानी भएको देखिएको भन्दै अख्तियारले सोही बमोजिमको विगो मागदावी गर्दै भारी विरुद्ध अख्तियारमा आरोपपत्र दायर गरेको हो ।

यस्तै, तत्कालिन सव ईन्जिनियर गणेश भण्डारीबाट १६ लाख २४ हजार ८८१, तत्कालिन वरिष्ठ कृषि अर्थ विज्ञ हरि प्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापाबाट ३ लाख २५ हजार ५६७ रुपैंया, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी र उत्तम कुमार बस्नेतबाट ३ लाख २५ हजार ५६७ रुपैंया मागदाबी गरिएको छ ।

यस्तै, खिमलाल वलीबाट तीन लाख ५३ हजार दुई सय चार, सुरेश कुमार थापा र उषा ठाडाबाट ७ लाख २६ हजार १८१, सुवर्ण राज भारतीबाट ३५ लाख ३६ हजार ६८ रुपैंया मागदावी सहित आरोपपत्र दायर भएको छ ।

कर्णाली कोल्ड चेन प्रालिका प्रकाश अधिकारी, कलाधर उपाध्याय, लक्ष्मण कंडेल, र प्रवल शाही बाट ९२ लाख ४३ हजार २९८ र महेश शर्माबाट ३५ लाख ३६ हजार ०६८ रुपैंया मागदावी सहित आरोप पत्र दायर गरिएको हो ।


सम्बन्धित समाचार