Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले निकट मुक्ति समाजको कर्णाली प्रदेश अध्यक्षमा पर्वसिंह चयन

सुर्खेत ।
नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका पर्वसिंह विश्वकर्मा चयन भएका छन् ।

शनिवार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम प्रदेश सम्मेलनले उनको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा धनबहादुर चुनारा र चन्द्रबहादुर विक, सचिवमा बलबहादुर सार्की, उपसचिवमा रामबहादुर नेपाली, सिता विक र तृप्ती विक चयन भएका हुन ।


सम्बन्धित समाचार