एमाले निकट रिटर्नी फेडेरेसन कर्णालीको अध्यक्षमा दैलेखका कार्की

सुर्खेत ।
नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपालको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट गगन कार्कीको नेतृत्वमा प्रदेश कमिटि चयन भएको छ ।
आज सम्पन्न प्रथम अधिवेशनबाट दैलेखका गगन कार्की अध्यक्षमा निर्वाचित भएका हुन ।
उनी नेतृत्वको समितिमा उपाध्यक्षमा धिरेन्द्रजंग शाह र भोजराज जैसी चयन भएका छन् ।
सचिवमा मोती सुनार चयन हुँदा सहसचिवमा टिकाराम बुढा रदलबहादुर सिंह चयन भएका हुन ।
सदस्यहरुमा बमबहादुर रावत, बलबहादुर बडुवाल, रंगबहादुर सिजापती, अमरबहादुर शाही, डम्बर शाही, सागर नेपाली, बिरेन्द्र बीसी, खग्रकुमारी महतारा, बीरबहादुर चदारा र रेणु शाही चयन भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
पहिलोप्रेस
२२ भाद्र २०८०, शुक्रबार १९:२४