माओवादी निकट कर्मचारी संगठनद्वारा मानव सेवा आश्रममा फलफुल वितरण
सुर्खेत ।
नेकपा माओवादी निकट नेपाल राष्ट्रीय कर्मचारी सङगठन जिल्ला समिति सुर्खेत र कर्णाली प्रदेश समितिको संयुक्त आयोजनामा मानवसेवा आश्रम सुर्खेतमा २० औ निजामती सेवा दिवसको अवसरमा पारेर फलफूल तथा खाद्यान्न सहयोग गरिएको छ ।
सोही अवसर पारेर आज कर्णाली प्रदेश सरकारबाट निजामती सेवा पुरस्कार प्राप्त गर्नु भएका नेपाल राष्ट्रीय कर्मचारी सङ्गठन केन्द्रीय सदस्य ङ्वान नाम्गेल लामा र कर्णाली प्रदेश समितीका उपाध्यक्ष जमानसिंह परियारले व्यक्तिगत रुपमा दश दश हजार आर्थिक सहयोग समेत गरिएको प्रदेश उपााध्यक्ष मुकुन्द शर्माले बताए ।
पहिलोप्रेस
२२ भाद्र २०८०, शुक्रबार १९:४२