Loading... आजः २४ फाल्गुन २०८१, शनिबार

जाजरकोटको भेरी नगरपालिकामा अख्तियारको टोलीमाथि हातपात, तीन जना नियन्त्रणमा

सुर्खेत ।
अख्तियार अनुसन्धान कार्यालय सुर्खेतबाट अनुगमन गर्न गएको टोलीमाथि जाजरकोटको भेरी नगरपालिकामा आक्रमण भएको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर पाँचको वडा कार्यालयको भवन अनुगमन गर्न गएको अख्तियारको टोलीमाथि मुचुल्का गरिरहेको समयमा आक्रमण गरिएको हो ।

अख्तियारमा भवन निर्माणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि टोली अनुगमनमा गएको थियो । आज विहान करिब १२ बजेतिर अख्तियारको टोलीमाथि आक्रमण भएको हो ।

आक्रमणकारी स्थानीयले सवारी चालक मानबहादुर ठाडामाथि मुक्का प्रहार गरेका थिए ।

स्थानीयहरु वीरेन्द्र चन्द, किरण शाही र चक्रबहादुर मल्ललाई जाजरकोट प्रहरीले अहिले नियन्त्रणमा लिईसकेको अख्तियार स्रोतले बताएको छ ।

‘उनिहरुले मुचुल्का तयार गरिरहेको बेला आत्रमण गरेका हुन ।’ अख्तियार सुर्खेत स्रोतले पहिलोप्रेससँग भन्यो, ‘उनिहरु अहिले प्रहरी नियन्त्रणमा छन् ।’

स्रोतका अनुसार पाँच सदस्यीय टोली जाजरकोटका उजुरीमाथि अनुगमन गर्न गएको थियो ।


सम्बन्धित समाचार