Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले आठवीसबाट को आउलान प्रदेश प्रतिनिधिमा ?  यी हुन आकांक्षी…

सुर्खेत ।
नेकपा एमालेको असोज  १० र ११ मा सुर्खेतमा हुन गइरहेको प्रथम प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा दैलेखको आठबीस नगरपालिकामा प्रदेश प्रतिनिधि चयनका लागि दुई दर्जन भन्दा बढी आकांक्षी देखिएका छन ।

एमालेले आठबीस लगायत प्रदेशका ७९ ओटै पालिकामा भदौ तीस गते एकै पटक प्रतिनिधि चयन गर्ने तयारी गरिरहेको समयमा प्रदेश प्रतिनिधि चयनका लागि संगठित सदस्यहरुलाई फकाउने र आफ्नो पक्षमा माहोल बनाउतिर आकांक्षीहरु लागिरहेका हुन ।

झण्डै आठ सय संगठित सदस्य रहेको यो पालिकामा हालका प्रदेश कमिटि सदस्यहरु खड्गराज उपाध्याय, प्रदेश सभा सदस्य गोमता विक, नगरप्रमुख तर्कबहादुर बडुवाल, सिंहराज शाही, धीरज बहादुर शाही, पृथ्वीबहादुर शाही, दुर्ग शाही, हर्कबहादुर शाही, दावेदार छन् ।

यस्तै, जिल्ला कमिटि सदस्यहरु ओमजंग शाही, नगर उपप्रमुख कल्पना थापा, रामप्रसाद जैसी, दिपेन्द्रराज खनाल पनि प्रदेश प्रतिनिधि आउने दौडमा छन् ।

यस्तै, पर्वसिंह विश्वकर्मा, कलम विश्वकर्मालगायत पनि प्रदेश प्रतिनिधिका लागि लविङमा रहेको बताइएको छ ।

तर, एमाले आठबीसबाट बहालवाला प्रदेश कमिटि सदस्य तथा अन्य ईच्छुक आकांक्षी मध्यबाट बढीमा नौ जना मात्रै संगठित सदस्यको आधारमा चयन गर्नुपर्नेछ । जसमा खस आर्यबाट बढीमा ६ जना छानिनेछन ।

यदि खस आर्यबाट ६ जना छानिए भने हालकै आठ जना प्रदेश कमिटिबाट सर्वसम्मत पठाउन खोजे कम्तिमा एक जना बाहिरिनु पर्नेछ तर आठबीस एमाले भने त्यसरी सर्वसम्मत प्रतिनिधि चयन गर्नसक्ने अवस्थामा छैन ।

‘सधैं पुरानैलाई नै पठाउनु पर्ने भन्ने के छ र ?’ एक आकांक्षीले भने, ‘यसपाली सर्वसम्मत भन्दा पनि जो चुनाव लडेर संगठित सदस्यको मत बढी लिन सक्छ उसैलाई पठाउनुपर्छ ।’

ती आकांक्षीका अनुसार संगठित सदस्यहरु भने टिके प्रथा भन्दा पनि चुनावबाट सक्षम नेतृत्व चयन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

‘हामी सकेसम्म सक्षम नेतृत्व प्रदेशमा जाओस र आठबीसका पक्षमा काम गर्ने गरि पदाधिकारमा लडन सक्ने क्षमता भएको व्यक्ति चुनियोस भन्ने चाहन्छौं ।’ एक वडाअध्यक्षले पहिलोप्रेससँग भने, ‘त्यस्तो हुनका लागि चुनाव निर्विकल्प उपाय हो। यसको विकल्प छैन । आकांक्षीहरु कोठामा बस्ने, मोलमोलाई गर्ने र सर्वसम्मतको नाटक गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । यो आम संगठित सदस्यको चाहना हो ।’


सम्बन्धित समाचार