Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले नेता कंडेल भन्छन: यातायात कानुन निर्माण गर्न सरकारलाइ अनुरोध गर्छौं

यातायात कानुन बनाइ लागू गर्न सुर्खेती युबाको माग


सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर पाचका स्थानिय युबा पवन थापा मगरले कर्णाली प्रदेशमा सार्बजनिक यातायातलाई ब्यबस्थित बनाउन कानुन निर्माण गर्न भन्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कडेललाई ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्र बुझ्दै नेता कडेलले कर्णालीमा सार्वजनिक यातायातलाइ ब्यबस्थित बनाउन अपरिहार्य रहेको बताउदै त्यसकालागी सरकारलाइ आबस्यक कानुन ल्याउन अनुरोध गर्ने बताए ।

“कानुन निर्माणको काम सरकारको हो । तपाइले उठाउनु भएको माग जायज छ ।” उनले भने, “त्यसकालागी हामी सरकारलाइ कानुन निर्माण गर्न र यातायात क्षेत्रमा भएका समस्या समाधान गर्न अनुरोध गर्छौं ।”

यस्तो छ ज्ञापन पत्र:

हामीले चार महिना पहिले मात्र सुर्खेत स्थित प्रदेशिक यातायात कार्यालय र सुर्खेत जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा यातायात कम्पनीहरुले मनोमानी भाडा असुली रहेको भनी ध्यानाकर्षण गरेका थियौ । हामी यस अभियानमा लागेको र ध्यानाकर्षण पत्र बुझाउँदै आएको लगभग दुई वर्ष भैसकेको छ। नागरिकको दैनिक समस्यालाई लिएर ध्यानाकर्षण गरेको दुई वर्ष भैसक्दा पनि जिम्मेवार निकायले ध्यान नदिनु उक्त निकायको लागि लज्जास्पद कुरा हो । अहिले कर्णाली प्रदेश स्थित यातायात कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्दा प्रदेशको कानुन नबनेको हुनाले भाडा समायोजन हुन नसकेको उहाँहरूले बताउँदै आउनुभएको छ । प्रदेश सरकार तथा संसद स्थापना भएको लामो समय हुदा पनि यस विषयमा कानुन बन्न नसक्नु आफैमा आश्चर्यजनक छ ।

संघीयतालाई संस्थागत गर्न प्रदेशका अधिकार प्राप्त निकायहरूले उपयुक्त स्तरको सक्रियता देखाए मात्रै सम्भव छ । प्रदेश स्थापना भई दुईटा आवधिक निर्वाचन हुँदासम्म आम नागरिकका जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा कानुन बनाउने कुरा प्राथमिकतामा नरहनु राजनीतिक नेतृत्व जबाफदेही नभएको स्थिति हो । त्यसैले यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने तपाई लगायत विभिन्न दलका नेताहरू, मुख्यमन्त्री लगायत प्रदेश सरकारले यथाशीघ्र कदम चाल्नुहोस् भनी हामी ध्यानाकर्षण गर्दछौं ।


सम्बन्धित समाचार