Loading... आजः ४ पुष २०८१, बिहीबार

जनअपेक्षा अनुसार देश बनाउन माओवादी रुपान्तरण अभियान चलाईएको होः इन्चार्ज यादव

मुगु ।
नेकपा माओवादी केन्द्र द्वारा सञ्चालित देशब्यापी अभियानको चटारो मुगुमा पनि देखिएको । ‘घरघरमा माओवादी जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले तीव्र रुपमा मुगुमा भइरहेको हो ।

गत भाद्र १६ गते जिल्लाको ४५ वटै वडामा एकसाथ उद्घाटन भएको उक्त अभियान अन्र्तगत प्रारम्भिक चरणका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न भएको हो ।

पहिलो चरणको अभियान सम्पन्न भएसँगै असोज ४ गते जिल्लाको समीक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको हो ।

‘नेपालमा अहिले जनताले पाएको परिवर्तनलाई थप संस्थागत गर्ने र जनताको अपेक्षा अनुसार देशलाई अघि बढाउन यो अभियान सुरु गरिएको हो । अभियान माओवादी आफैमा रुपान्तरण हुने र देशलाई समाजवादी बाटोमा लैजाने उद्देश्यले सञ्चालित भएको हो ।’ माओवादीका कर्णाली प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले भने, ‘जनताको पक्षमा काम गर्न, जनअपेक्षा अनुसार गाउँघरमा काम भए नभएको हेर्न र आवश्यकता एवम औचित्यका आधारमा विकास निर्माणका लागि सरकारलाई सुझाव दिन पनि यो अभियानले थप सहयोग पुग्नेछ ।’

कार्यक्रममा प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही र पार्टी अध्यक्ष बिमला केसिसमेत उपस्थित भएका थिए ।

मुगु जिल्लामा ४५ जना वडा ईन्चार्ज र ४ सय जना अभियान्ता कार्यक्षेत्रमा खटिएका छन । श्रम सँग जोडिएर जनताका सुझाव, सल्लाह र गुनासोहरु संकलन गर्दै राजनैतिक गतिबिधि र संगठन बिस्तार गर्ने अभियानको रुपमा माओवादीले यो अभियानलाई लिएको हो ।

अभियानको लक्ष्य अनुसार पहिलो चरणका सबै कार्यक्रमहरुमा सफलता हासिल भएको जिल्ला ईन्चार्ज गोमा गौतम कुँवरले बताईन ।
जिल्लामा ४ हजार ५६८ जना पार्टी सदस्य रहेका छन र थप १ हजार गरि साढे ५ हजार सदस्यता पु¥याउने लक्ष्य राखिएको इन्र्चाज गौतमको भनाई थियो ।

अभियान प्रारम्भ भएदेखि हाल सम्म झण्डै ३०० जना नयाँ सदस्य थप भएको उनको भनाई छ ।

झण्डै १७ दिनको समयाबधिमा अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको संख्या २ दर्जन पुगेको उनले जानकारी दिईन ।

 


सम्बन्धित समाचार