मुगुको गमगढीमा हरेक दुई वर्षमा हुन्छ आगलागी, ५ घर जलेर नष्ट
प्रदिप बुढा, मुगु ।
मुगु जिल्लाको गमगढी बजार मुगुमा गएराती करिव साढे १२ वजे तिर आगलागी भएको छ । विजय होटल रहेको प्रदिप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी शुरु भएको हो ।
उक्त घरमा कम्प्यूटर तथा ईलेक्ट्रोनिक पसल रहेको हुँदा बिधुत लाईन सट भई आगलागि भएको अनुमान गरिएको छ ।
आगलागिबाट प्रदिप रावल, पुतली मल्ल , र सान्तोना खत्रीको गरि ५ वटा घर जलेर पुरै नष्ट भएका छन भने मानवीय क्षती भएको छैन । आगलागि नियन्त्रण गर्नका लागि सँगै जोडिएको जंग शाहीकोे घर भत्काएर पुरै क्षति भएको छ ।
घरहरुमा रहेको लक्ष्मी मल्लको बिजय होटल, नरेश मल्लको कम्प्यूटर पसल, वडा अध्यक्ष पदम मल्लको कपडा पसलहरु सबै जलेर नष्ट भएका छन । सँगै रहेको मोबाईल पसल, टेलर पसल र हेएर कटिङ्ग लगायत अन्य खुद्रा पसलहरुका सम्पूर्ण सामानहरु क्षतबिक्षेत भई सबै खालि अवस्थामा छन ।
करिव ५ घण्टा लगातार लागेको आगो नेपाल प्रहरी, रेडक्रस नेपाल र समुदायको सक्रियतामा नियन्त्रणमा ल्याईएको हो । यस बजारमा बिगत देखि प्रत्येक २÷२ वर्षको अन्तरालमा यस्तै ठुलठुला आगलागीका घट्नाहरु घटिसकेका छन ।
यस बजारमा अधिकाँस काठै काठले बनेका घरहरु भएकाले सामान्य कारणले पनि बर्षैपिच्छे आगलागिका घट्ना भईरहेका छन । उक्त समस्यालाई मध्यनजर गरि प्रयाप्त पानी र दमकलको ब्यबस्था अहिले सम्म हुन सकेको छैन ।
पहिलोप्रेस
६ आश्विन २०८०, शनिबार ०५:३५