तातियो आठबीस काँग्रेस, नगरप्रमुखलाई बुझायो ११ बुँदे ज्ञापनपत्र
सुर्खेत ।
दैलेखको आठबीस नगरपालिकाका विषयमा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको समयमा आठवीस नगरपालिकाको दोश्रो ठूलो दल नेपाली काँग्रेस तातिन थालेको छ ।
आज आठबीस नगरप्रमुख तर्कबहादुर बडुवाललाई विभिन्न ११ बुँदे माग राखेर तत्काल माग सम्वोधन गर्न अल्टिमेटम समेत दिएको हो ।
आठबीस नगरपालिकाका नौ वटै वडाका सडकहरु मर्मत गर्नुपर्ने, भूमिहिन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको प्रत्रिया सुरु गर्नुपर्ने, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको नियमित रुपमा व्यवस्थापन गर्नुपर्ने, सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने माग ज्ञापन पत्रमा छन् ।
यस्तै, अस्थायी करार र ज्यालादारी कर्मचारीको तलब समयमै दिनुपर्ने, नगरले संकलन गर्ने आन्तरिक राजश्वको पारदर्शी रुपमा लेखाजोखा प्रस्ट पार्नुपर्ने, विद्युतका लागि प्रसारण लाईन छिटो विस्तार गर्नुपर्ने माग काँग्रे सभापति अर्जुनबहादुर शाहीको नेतृत्वमा गथएको टोलीले राखेको हो ।
सामाजिक सुरक्षा तथा बालपोषण भत्तालाई वडाबाटै वितरण गर्नुपर्ने, नगरले सञ्चालन गरेको एम्बुलेन्सको भाडादर बजारमा भभन्दा कम गर्नुपर्ने र स्थानीय सरकारले बजेटमा लक्षित वर्गलाई प्राथमिकता दिनुपर्ने माग समेत अघि सारेको छ ।
यदि माग पुरा नभएको खण्डमा असोज १६ गतेदेखि नगरपालिका अगाडी कोणसभा गरिने र त्यसपछि चरणबद्ध आन्दोलन गरिने सभापति शाहीले जानकारी दिए ।
पहिलोप्रेस
१४ आश्विन २०८०, आईतवार १८:१४