Loading... आजः ६ पुष २०८१, शनिबार

संविधान हुवहु कार्यान्वयन नभएको कानून मन्त्रीको गुनासो

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी जितेन्द्रले देशमा संघियता कार्यान्वयन भएको लामो समय भइसक्दा पनि संघियता हुबहु कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्धारा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै देशमा कर्मचारीहरु समायोजन भएपनि प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखि प्रहरी सम्वन्धी अन्य संरचना निर्माण गर्न समस्या भएको उनको भनाई थियो ।

‘प्रहरी समायोजन ऐन पारीत भइसकेको अवस्था छ । नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण ऐन पारित भइसकेको अवस्था छ ।’ मन्त्री जिसीले भने, ‘तर प्रदेश प्रहरी समायोजन भइसकेका छैनन् । संविधानमा प्रदेश प्रहरीको व्यवस्था भएको भएपनि राजनीतिक नेतृत्वले यसमा ढिलासुस्ती गर्दा संघीयता कार्यान्वयन हुन सकेको छैन ।’

उनले संविधानको मूल मर्म अनुसार चल्न सकेको खण्डमा मात्रै देशमा वास्तविक संघीयता आएको महसुस जनताले गर्ने उनको भनाई थियो ।

मन्त्री जिसीले प्रदेश सरकारले प्रदेश प्रहरी आफ्नो मातहतमा नभएको भएपनि सहकार्य गर्दै आइरहेको बताए ।

‘हामी अहिले प्रदेश प्रहरीसँग विभिन्न विषयमा सहकार्य गर्दै आइरहेका छौं । प्रदेश प्रहरीलाई बलियो बनाउने देखि उनिहरुका भवनहरु निर्माण गर्ने कार्यसम्म पनि हामीले गर्दै आइरहेका छौं ।’ मन्त्री जिसीले भने, ‘आगामी दिनमा हामी प्रदेश प्रहरीलाई थप सबल, प्रविधिमा दक्ष बनाउन आवश्यक सहयोग गर्न तयार छौं ।

 


सम्बन्धित समाचार