Loading... आजः ६ पुष २०८१, शनिबार

प्रहरीका समस्या समाधान गर्न लागि परेका छौंः मुख्यमन्त्री शर्मा

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूहरु प्रहरीका समस्या समाधान गर्न लागिपरेको बताएका छन् ।

प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्धारा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको महत्वपूर्ण भूमिका भएको बताउँदै उनिहरुलाई हरेक गलत प्रवृत्ति विरुद्ध लडन सक्षम बनाउन प्रदेश सरकार लागि परेको बताएका हुन ।

‘अहिले प्रहरीलाई बस्ने भवन छैन । कतै खटाईयो भने सुत्ने, ओत लाग्ने ठाउँ छैन । सकेसम्म प्रहरीसँग यातायातका साधन नै छैनन्, साधन भएका स्थानमा त्यसमा प्रयोग गर्ने तेल छैन । प्रहरीका यी दुखद अनुभुति मैले महसुस गरेको छु ।’ मुख्यमन्त्री शर्माले भने, ‘प्रहरीका यस्ता समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको छ । धेरै स्थानमा प्रहरीका भवनहरु निर्माण गर्ने देखि यातायातका साधानहरु उपलब्ध गराउनेसम्मका कायृहरु हामीले गरेका छौं र आगामी दिनमा पनि गरिरहने छौं ।’

उनले पछिल्लो समयमा सूचना र प्रविधिको तीव्र विकाससँगै समाजमा आपराधिक गतिविधिको स्वरुप पनि फेरिएको बताउँदै त्यससँग जुध्न सक्ने प्रहरी बनाउनु पर्नेमा जोड दिए ।

‘सूचना र प्रविधिमा आएको व्यापक विकाससँगै आपराधिक क्रियाकलापमा पनि व्यापक परिवर्तन भएको छ । प्राकृतिक विपत्तिहरु बढिरहेका छन् ।’ मुख्यमन्त्री शर्माले भने, ‘ती विरुद्ध जुध्न सक्ने प्रहरी कसरी निर्माण गर्ने ? प्रहरीलाई सक्षम, अब्बल कसरी बनाउने ? यसबारेमा सबैले सोच्न जरुरी छ । हामी प्रहरीलाई अब्बल प्रहरी बनाउन आवश्यक सहयोग गर्न तयार छौं ।’

मुख्यमन्त्री शर्माले समस्या एकातीर हुने अनि हामी अर्कैतिर अल्मलिने अवस्था रहेको बताउँदै जता समस्या त्यतै ध्यान दिन जरुरी रहेको बताए ।

मुख्यमन्त्री शर्माले समाजमा अपराध बढनुको कारण आर्थिक असमानता र सामाजीक न्यायमा पहुँच नहुनु रहेको बताए ।

वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिकाको उच्च प्रशंशा गरिन । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउँदै त्यसका लागि तीनै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिदैं प्रहरी सबल र सक्षम भए समाजमा शान्ति सुव्यवस्था कायम गर्न सहज हुने उनको धारणा थियो ।

 


सम्बन्धित समाचार