सुर्खेत विमानस्थलमा आठ करोडका बत्ति जडान हुँदै
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित सुर्खेत विमानस्थलमा अबको तीन महिना भित्र राती पनि उडान सुरु हुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले आठ करोड लगानीमा अहिले विमानस्थलको रनवेमा गढ्डा खोध्ने काम भइरहेको हो ।
विमानस्थल प्रमुख राजन ढुंगेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान हुने भएको छ । यसकालागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको हो ।
सामाजिक सञ्जालमा अर्थ मन्त्रालबाट बजेट आएको भनेर भनिँदै प्रचार गरिएको भएपनि सुर्खेत विमानस्थललाई प्राधिकरणले बत्ती जडानका लागि भनेर चालु आर्थिक वर्ष २०८०÷०८१ मा बजेटको व्यवस्था गरेको हो ।
‘ठेक्का प्रत्रिया अगाडी नै सुरु भएको हो । चालु आर्थिक वर्षमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो ।’ प्रमुख ढुंगेलले भने, ‘यो बजेट अहिले तत्काल आएको होईन ।’
उनले काम गर्ने जिम्मा प्राधिकरणले नै लिएको बताउँदै बत्ती जडानबारे सिंगल या डबल कुन सर्किट बनाउने भन्ने अहिले नै भन्न नसकिने बताए ।
पहिलोप्रेस
१० कार्तिक २०८०, शुक्रबार ०९:२८